Rule 11
कारोबार गर्न नहुने
(१) सूचक संस्थाले ऐनको दफा ७ण. र नियम ४ वा ५ बमोजिम माग गरेको विवरण वा कागजात उपलब्ध नगराउने ग्राहकस“ग व्यवसायिक सम्बन्ध कायम गर्न वा कारोबार गर्न सक्ने छैन ।
(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि सूचक संस्थाले माग गरेको कागजात तथा विवरण पेश गर्न नसकेको कारण खुलाई कागजात तथा विवरण पेश गरेमा र त्यस्तो कारण मनासिब देखिएमा सूचक संस्थाले ग्राहकको विवरण अद्यावद्यिक गरी व्यावसायिक सम्बन्ध स्थापना वा कारोबार गर्न सक्नेछ ।